नियम १८
अन्तिम प्रतिवेदन पठाउने
(१) नियम १७ बमोजिम दुर्घटना सम्बन्धी अन्तिम
प्रतिवेदन प्राप्त भएपछि मन्त्रालयले नियम १६ को उपनियम (१) मा उल्लिखित राज्य
तथा त्यस्तो दुर्घटनाबाट तेस्रो मुलुकको नागरिकको मृत्यु भएको वा गम्भीर घाइते
भएकोमा त्यस्तो नागरिकस“ग सम्बन्धित राज्यलाई यथाशीघ्र छिटो साधनद्वारा त्यस्तो
प्रतिवेदन पठाउनु पर्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दुर्घटना भएको
वायुयानको तौल पाँच हजार सात सय किलोग्राम भन्दा बढी भएमा मन्त्रालयले
त्यस्तो दुर्घटना जा“चको प्रतिवेदन अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन समेतमा
पठाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनमा
प्रतिवेदन पठाउँदा यथाशक्य छिटो र सम्भव भएसम्म दुर्घटना भएको मितिले बाह्र
महिनाभित्र पठाउनु पर्नेछ ।